डडेल्धुरामा कार दुर्घटना, ४ जना घाइते



धनगढी । धनगढीबाट हिँडेको कार डडेल्धुरामा दुर्घटना हुँदा ४जना घाइते भएका छन् । सोमबार धनगढीबाट दीपायलतर्फ गइरहेको कार डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ स्थित गजरौलामा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार केआईसिंह राजमार्ग अन्तरगत सुपप्र ००१ च ३३६८ नम्बरको कार दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका हुन् ।

दुर्घटनामा कञ्चनपुरको महेन्द्रनगरका कृष्ण ऐर (चालक) सहित दीपायलका अमन सूचीकार, गोपाल सूचीकार र सन्तोश नेपाली घाइते भएको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर भट्टले बताए । घटनास्थलबाट उद्दार गरेर उपचारका लागि उनीहरूलाई डडेल्धुरा अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्