इन्टरनेटको अत्यधिक प्रयोग मानसिक स्वास्थ्यका लागि घातक



इन्टरनेटले अझ विशेष गरी पछिल्लो समय सामाजिक सञ्जालले मानिसले मानिसलाई धेरै नजिक ल्याएको छ । हामी सामाजिक सञ्जालमार्फत विश्वको कुनै पनि भूभागमा रहेका व्यक्तिसँग सम्पर्कमा रहन सक्छौ । 

विश्वका हरेक घटनाको विषयमा अपडेट हुन सक्छौ । आफ्नो दैनिक जीवनमा आवश्यक धेरै जानकारी लिन सक्छौ । गीत, फिल्म, ई–बुकमार्फत मनोरञ्जन लिन्छौ । इन्टरनेटका यस्ता धेरै सकारात्मक पक्ष छन् । 

तर, इन्टरनेटको अत्यधिक प्रयोग स्वास्थ्यका लागि घातक छ भन्ने विषय हामीले नजरअन्दाज गर्न मिल्दैन । विशेष गरी, मानसिक स्वास्थ्यमा यसको प्रभाव गहिरो रहन्छ । 

त्यसैले हामीले सोच्न आवश्यक छ । अत्यधिक रुपमा इन्टरनेट प्रयोग गर्दा हामी सुरक्षित छौ कि छैनौ, हाम्रो दिमागलाई सामाजिक सञ्जालले कति आकर्षित गरिरहेको छ भन्नेतर्फ विचार पुर्‍याउनुपर्छ । 

आत्मबल

सामाजिक सञ्जालको प्रयोगले हाम्रो आत्मबलमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । हामी असुरक्षा, डर आदि विषयमा सीमित साथी तथा आफन्तसँग मात्रै कुरा गर्न रुचाउँथ्यौ । तर, आजकाल कतिपय कुरा सामाजिक सञ्जालमा पनि पोष्ट गरिरहेका हुन्छौ । 

कसैसँगैको सम्बन्ध, आफ्नो कमजोरी, गरिरहेको काम आदिको सबैजसो जानकारी फेसबुक या इन्स्टाग्राममा राख्ने बानीले आफ्नो गोपनीयता तोडिरहेका हुन्छौ । 

कोपनहेगन विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार अहिले अधिकांश युवा वर्ग फेसबुक ईष्र्याबाट पीडित छन् । जसले हाम्रो आत्मबललाई घटाइरहेको छ । 

मानव सम्बन्ध

मानिस भएको नाताले एक–अर्कासँग सम्बन्धित हुनु, कुराकानी गर्नु, ठुलो सर्कलमा बस्नु एकदमै महत्त्वपूर्ण छ । तर दुर्भाग्यको कुरा, हामी आयताकार स्त्रिनभित्रको दुनियाँमा कैद भइरहेका छौं । हामी वास्तविक जीवनभन्दा बढी फेसबुकका साथीहरुमा बढी परिचित छौं । 

कतिपय साथीसँग हामी प्रत्यक्ष भेट्दा बोल्दैनौ, तर सामाजिक सञ्जालमा मज्जाले गफ गरिरहेका हुन्छौ । यसले हामीलाई समाजबाट छुट्ट्याइरहेको छ । 

अमेरिकन जर्नल अफ एपिडेमोलोजीमा प्रकाशित एक अध्ययनले समग्रमा ५ हजार २ सय ८ वटा त्यस्ता विषय फेला पारेको थियो, जसको निष्कर्ष फेसबुकको नियमित प्रयोगले मानिसको व्यक्तित्वमा नकारात्मक असर पारिरहेको भन्ने छ ।

सम्झने शक्तिमा ह्रास

सामाजिक सञ्जाल यस्तो क्षेत्र हो, जहाँ संस्मरणका लागि अतीतलाई सुरक्षित राख्न सकिन्छ । तर, सामाजिक सञ्जालमा पोष्ट हुने सबै सामग्री खुसी दिने मात्रै हुँदैनन् । जीवनमा घटेका कतिपय अप्रिय घटनाहरुले पछि गएर नकारात्मक असर समेत पार्न सक्छन् । त्यस्तै, लामो समय फोनमा बिताउने बानीले स्मरणशक्तिमा पनि ह्रास ल्याइरहेको हुन्छ । 

निन्द्रा

हामी मध्यरातसम्म फोनमा झुन्डिरहेका हुन्छौ । अहिले हरेक समय हामी सामाजिक सञ्जालसँग अपडेट रहन चाहन्छौ । मोबाइल चलाएर बस्दा दिमागमा अरु कुरा लखेल्ने भएकाले यसले हाम्रै दिमागलाई पूणै रुपमा चलाइरहेको हुन्छ । साथै, अबेरसम्म अँध्यारोमा बसेर मोबाइल चलाउँदा यसको प्रकाशले हाम्रो हर्मोनमा असर पारिरहेको हुन्छ । जसले विभिन्न रोग निम्त्याउँछ ।

एकाग्रता

सामाजिक सञ्जालमा व्यस्त हुँदा हाम्रो अव चेतना दिमाग पूर्ण रुपमा एकाग्र हुन्छ । जसले अन्य कुरामा ध्यान दिन सक्दैन । यसले सजिलो पहुँचमा मनोरञ्जनको प्रलोभन देखाउँछ । तर, काम गरिरहने मानिसका लागि यो एकदमै हानिकारक हुन्छ । कतिपय मानिसले मोबाइल चलाएर बस्दा बिस्तारै अरु कुरा बिर्सने हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्