महानगरले चलायो वीर अस्पतालका अनधिकृत संरचनामाथि डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना हटाउन सूचित गरेपनि अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ । त्यहाँ रहेका टहरामा औषधि पसल थिए ।

बुधबार सूचना जारी गरेर महानगरले २४ घण्टाभित्र खाली गर्न भनेको थियो । केही पसलले पसल खाली गरेका थिए । भने बाँकी संरचना महानगरले डोजर लगाएर भत्काएको छ।

प्रतिक्रिया दिनुहोस्