श्रीलंकामा राजनीतिक संकट : संसदद्वारा राजपाक्षेको विपक्षमा मतदान



एजेन्सी: श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपाक्षे संसदमा बहुमत प्राप्त गर्न असफल भएका छन्।  सर्वोच्च अदालतको आदेशपछि बुधबार संसदको बैठकमा मतदान भएको थियो। मतदानमा राजपाक्षेको विपक्षमा अधिक मत परेको हो। 

 

सभामुख कारु जयसूर्याले राजपाक्षेविरुद्ध अविश्वास प्रस्तावका पक्षमा बहुमत पुगेको जनाएको एएफपीले जनाएको छ। श्रीलंकामा २ सय २५ जना सांसद छन्।  अक्टोबर २६ मा सिरिसेनाले रनिल विक्रमासिंघेलाई अपदस्थ गर्दै राजपाक्षेलाई प्रधानमन्त्री बनाएका थिए। त्योसँगै श्रीलंकामा राजनीतिक संकट बढेको थियो। 

 

विक्रमासिंघेले आफूसँग बहुमत रहेको भन्दै वैधानिक प्रधानमन्त्री भएको दाबी गर्दै आएका थिए। उनको दलले राष्ट्रपतिको कदमलाई अवैधानिक भन्दै आएको थियो। तर, राजपाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि नयाँ प्रधानमन्त्री को हुने भन्ने प्रश्न उठेको छ। संसदमा राजपाक्षेको विपक्षमा मत आउनले विक्रमासिंघे स्वतः प्रधानमन्त्री बनाउने बाटो भने खोल्ने देखिँदैन।

प्रतिक्रिया दिनुहोस्