गौतमबुद्ध विमानस्थल : २ महिनामा २७ लाखको आयात, २८ लाखको निर्यात



काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २ महिनामा २७ लाख बढीको आयात र २८ लाख बढी निर्यत् भएको छ । चालु आर्थिक वर्षको पहिलो २ महिनामा २७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ। २८ लाख ३४ हजार रुपैयाँ बराबरको निर्यत भएको भन्सार विभागले जनाएको छ।

विभागको तथ्यांक अनुसार आयात २६ लाख ८१ हजार रुपैयाँ बराबरको भएको हो। यो कुल आयातको तुलनामा भने निकै सानो अंश हुन जान्छ। यस विमानस्थलबाट जजिरा एयरवेजले नियमित दैनिक उडान गरिरहेको छ।

कम्पनीले केही समय अगाडिबाट कार्गो सेवा समेत थालेको थियो। यो विमानस्थलस्थित भन्सार बिन्दुबाट आयातभन्दा निर्यात केही धेरै भएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्