काठमाडौं । केन्द्रीय अस्पतालमा उपचार गर्न जाँदा ओपिडी शुल्कमा विद्यार्थीहरुले ५० प्रतिशत छुट पाउने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको मन्त्रीस्तरिय बैठकले ओपिडी शुल्कमा छुट गर्ने निर्णण गरेको हो।
मन्त्रालयका प्रवक्ता डा.सजय कुमार यादवले विद्यार्थीहरुले संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपीडी शुल्कमा ५० प्रतिशत छुट पाउने बताए। ओपिडी शुल्क सेवा लिन जाँदा विद्यार्थीहरुले आफ्नो परिचय पत्र देखाउनु पर्नेछ ।
ओपीडी बाहेक पनि अन्य परीक्षणमा शुल्कमा थप पहल गर्ने मन्त्रालयको योजना छ। यसअघि विभिन्न विद्यार्थी संगठनले उपचारमा छुट दिनु पर्ने भन्दै स्वास्थ्य मन्त्री भवानी खापुङलाई ध्यानाकर्षण गराएका थिए।