८ जना फसे, मौसम खराबी उद्धारमा कठिनाइ



गोरखा । मनास्लु हिमालमा सोमबार बिहान खसेको हिमपहिरोमा नेपालीसहित कम्तीमा ८ जना आरोही फसेको प्रहरीले जनाएको छ । पहिरोमा केहीको हताहत भएको आरोहणमा सहभागीहरूले दाबी गरेका छन् ।

मौसम खराबीले उनीहरूको उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताएका छन् । उनीहरूको अवस्थाबारे यकिन गर्न नसकिएको खनालले जानकारी दिएका छन् ।

सामागाउँ प्रहरी चौकीबाट बेसक्याम्पमा प्रहरी टोली पठाइएको उनले बताएका छन् । क्याम्प ३ र ४ को बीचमा पहिरो खसेको हो ।

मौसम खराबीले हेलिकप्टर उड्न नसकेपछि क्याम्प १ र २ मा रहेका शेर्पाहरूले हिउँमा फसेकाहरूको उद्धार प्रयास गरिरहेको प्रहरिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्