अंजिला र आमेशको स्वरमा ‘मलाई तिमी भए पुग्छ’ सार्वजनिक



काठमाडौं । गायिका अंजिला रेग्मी र आमेश भण्डारीको आवाजमा ‘मलाई तिमी भए पुग्छ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा अभिनेता तथा गायक भण्डारी र रेग्मीको अभिनय छ ।

भीम बीसीको शब्द रहेको गीतमा अमेश भण्डारीले नै संगीत भरेका छन् । गीतको भिडियो अंजिला रेग्मी अधिकारी युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्