२ महिनामा ५११ केजी सुन नेपाल भित्रियो



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालमा विभिन्न देशबाट ५११ केजी सुन भित्रिएको छ । उक्त सुन नेपाल खरिद गर्नको लागि नेपालबाट साढे अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । भन्सार विभागका अनुसार गत साउन र भदौ महिनामा उक्त सुन नेपाल भित्रिएको हो।

सो समयमा ३ अर्ब ६५ करोड ३ लाख ६३ हजार रुपैयाँको सुन नेपालले आयात गरेको विभागले जनाएको छ। बितेका दुई महिनामा नेपालमा स्वीट्जरल्याण्ड, टर्की र युनाइटेड अरब इमिरेट्स (युएई)बाट सुन आएको छ। विभागका अनुसार साउन र भदौ महिनामा स्वीट्जरल्याण्डबाट ७० करोड ९९ लाख ६६ हजार रुपैयाँको सुन नेपाल आएको छ।

यस्तै, टर्कीबाट १ अर्ब ८ करोड २ लाख ७९ हजार रुपैयाँको सुन नेपालले आयात गरेको छ। पछिल्लो दुई महिनामा नेपालमा सबैभन्दा बढी सुन युएईबाट आएको छ। सो अवधिमा युएईबाट १ अर्ब ८६ करोड १ लाख १८ हजार रुपैयाँको सुन नेपालले आयात गरेको छ।

प्रतिक्रिया दिनुहोस्