मानवअधिकार आयोगले सरकारलाई भन्यो- महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले चाडबाडको समयमा शान्ति सुरक्षा, आवतजावत र महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी तीन वटै तहका सरकारलाई उक्त आग्रह गरेको हो।

‘सामान्य अवस्थामा भन्दा चाडबाडका समयमा सवारी साधनहरु पर्याप्त नचल्दा सर्वसाधारणलाई आवतजावतमा कठिनाई उत्पन्न भएको, यात्रुहरु तोकिए भन्दा बढी भाडा तिरी यात्रा गर्न बाध्य भएको, सवारी साधनहरुमा क्षमताभन्दा बढी यात्रुहरु राख्दा सवारीसाधनहरू दुर्घटनामा परी सर्वसाधारणहरूको ज्यानै समेत जाने गरेको तथा महँगी नियन्त्रण हुन नसक्दा उपभोक्ताहरू महँगीको मारमा परेको पाइएको छ,’विज्ञप्तिमा भनिएको छ।

चाडबाडका समयमा हुन सक्ने शान्तिसुरक्षा र अमनचयन खलबल्याउने अवाञ्छित क्रियाकलाप रोक्नका लागि प्रभावकारी कदम चाल्न, शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन पनि आयोगले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्