पाटन अस्पतालको ल्याब टेक्निसियन यादव २ महिनादेखि सम्पर्क विहिन



काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत एक ल्याब टेक्निसियन साढे २ महिनादेखि सम्पर्क विहिन भएका छन्।

अस्पतालको प्याथोलोजी तथा ल्याब मेडिसिन विभागमा ल्याब टेक्निसियनको स्थायी पदमा कार्यरत जग्यदेव प्रसाद यादव गायब भएका हुन्।

सप्तरी घर भएका यादब अस्पतालमा नआएपछि स्पष्टीकरण हाजिर हुन आउन अस्पतालले पत्र पठाएको थियो। तर पनि कुनै सम्पर्क नगरेको जानकारी अस्पतालले दिएको छ। ३५ दिनभित्रमा पनि उपस्थित नभएमा नोकरी कायम नरहने जानकारी अस्पतालले दिएको छ।

प्रतिक्रिया दिनुहोस्