प्रहरी भ्यानबाटै थुनुवा फरार, प्रहरी हरेकाे हेर्‍यै



दाङ: प्रहरीको भ्यानबाट हाम फालेर बुधबार एक जना थुनुवा फरार भएका छन् । तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवाका १९ वर्षीय बिष्णु बुढाथोकी सार्वजनिक नैतिकता विरुद्धको अपराधमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर ल्याउँदै गर्दा गाडीबाट हाम फालेर फरार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी प्रेम शाहीले जानकारी दिए ।

 

थुनुवा भगाउन सहयोग गरेको अभियोगमा प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई पक्राउ गरी सामाजिक न्याय विरुद्धको कसुर ऐन अन्तर्गत मुद्दा चलाएको छ । दाङ जिल्ला अदालतले प्रहरी जवान बुढाथोकीलाई ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमती दिएको छ ।

 

थुनुवा भगाउन सहयोग गरेको अभियोगमा चोरी मुद्दा खेपीरहेका बसन्त केसीलाई पनि प्रहरी सामाजिक न्याय विरुद्धको कसुर ऐन अन्तर्गत मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्