हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरको निर्देशन



भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले जरुरी सूचना जारी गरी यस्तो निर्देशन जारी गरेको हो।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, सुरक्षित, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न भक्तपुर जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरु उक्त निर्वाचन पश्चात फिर्ता लैजान गरी बुझाउन सूचनामा भनिएको छ।

असोज मसान्ससम्म नजिकको प्रहरी इकाइमा वुझाउन निर्देशन जारी गरेको गरिएको हो। अटेर गरी समयमा नबुझाउनेलाई प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ।

भक्तपुरमा क्षेत्र नं १ र २ गरी २ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस्