डेंगीबाट ४१ को मृत्यु, ३१ हजार १०३ जना संक्रमित



काठमाडौं । पछिल्लो समय नेपालमा डेंगी संक्रमितको संख्या दिनकै बढ्दै गएको छ ।

डेंगीका कारण यो वर्षको साउनयता हालसम्म ४१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

डेंगी रोग हाल सातै प्रदेशअन्तर्गतका ७६ जिल्लामा फैलिएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ३१ हजार १०३ जना डेंगी संक्रमित भएका छन् ।

हाल सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा छन् ।

डेंगी मानिसबाट मानिसमा सर्ने रोग भने होइन । यो एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेहरूको टोकाइबाट सर्ने गर्छ। त्यसैले यसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्