छोरी-बुहारीलाई लगाइदिए प्रचण्डले टीका



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरी बुहारी र नाती नतिनालाई दसैंको टीका लगाइदिएका छन् । उनले आफ्नो निवासमा छोरी बुहारीहरुलाई टिाका लगाइदिएका हुन् ।

प्रचण्डले शान्ति प्रक्रियामा आइसकेपछि परिवारमा दसैं मनाउने गरेका छन्। शान्ति प्रक्रियापछि बुवा मुक्तिराम दाहालसँग प्रचण्डले दसैं मनाएका थिए।

उनका बुवाको निधन भइसकेको छ । प्रचण्डले एकमात्र छोरा र एक छोरी पनि गुमाइसकेका छन् ।

शान्ति प्रक्रियापछि दसैं प्रवेश गरेको प्रचण्डको परिवारले यो वर्ष पनि दसैं मनाएको छ । प्रचण्डले छोरीहरू, बुहारी र नातिनातिनालाई टीका लगाइदिएका छन् तर उनले भने टीका ग्रहण गरेका छैनन् ।

प्रचण्ड पुत्री गंगा दाहालले दशैंको टीका लगाएपछिको संयुक्त फोटो सार्वजनिक गरेकी हुन् । उक्त फोटोमा प्रचण्ड पनि छन् तर उनको निधार खाली छ। प्रचण्ड पत्नी सीता दाहाल भने फोटोमा छैनन्। उनी बिरामी छन् ।

प्रतिक्रिया दिनुहोस्