सिट बाँडफाँटको टुगों लगाउन बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी



काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरु सिट बाँडफाँटलाई अन्तिम रुप दिन छलफलमा जुटेका छन् ।

दसैंको समयमा समेत गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक निरन्तर बस्दै आएको छ। आज बुधबार पनि प्रधानमन्त्री निवास, बालुवाटारमा शीर्ष नेताहरुको बैठक छलिरहेको छ।

बैठकमा सहभागी एक नेता भन्छन्, ‘भोलि विहानसम्म भएपनि टुंग्याउने प्रयासमा जुटेका छौं।’

गठबन्धनमा आवद्ध दलहरुबीच केही सिटमा सहमति जुट्न सकेको छैन। अहिलेसम्मको छलफलअनुसार नेपाली कांग्रेसले ८५ र माओवादी केन्द्रले ४४ सिट पाउने देखिएको छ। यस्तै एकीकृत समाजवादीले १८, जसपाले १६ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने देखिन्छ।

तर एकीकृत समाजवादी र जसपा दुबै यसमा सहमत छैनन्। सिट बाँडफाँटप्रति असन्तुष्ट जसपाले अरु दलसँग पनि तालमेलको ढोका खोल्ने निर्णय गरेपछि गठबन्धनमा आवद्ध दलहरु दबावमा परेका छन्। तर सहमति पनि जुट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्