गाउँले पनि प्रहरीको शंकाको घेरामा, चारजनाको डिएनए रिपोर्ट आयो



कञ्चनपुर : निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ । 

न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेको वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर खनुसन्धान थालेको हो । 

उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् ।

त्यस्तै प्रहरीले शंका गरेका चार व्यक्तिको डिएनए रिपोर्ट आएको छ । 

केन्द्रीय प्रविधिविज्ञान प्रयोगशाला काठमाडौंले कञ्चनपुर प्रहरी अधिकृतलाई बुधबार रिपोर्ट दिएको छ ।

सरकारी वकिलको सल्लाहमा खोल्छौँ, कञ्चनपुुर प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले भने । आजको नयाँ पत्रिकामा समाचार छ ।  

प्रतिक्रिया दिनुहोस्