बिहान खाली पेटमा लसुन खाँदा यस्तो फाइदा



बिहान खाली पेटमा काँचो लसुनको केस्रा चपाउँदा उच्च रक्तचाप नियन्त्रण हुन्छ । रक्तसञ्चार नियमित हुनुका साथै मुटु रोग नियन्त्रण हुन्छ । 

लसुनमा रहेको सल्फर तत्वले रक्तकोषिकालाई बन्द हुनबाट बचाउँछ । यसमा हुने हिलिंग गुणले शरीरमा रहेको फ्री अक्सिजन रेडिकल्ससँग प्रतिरोध गरी बुढो देखिनबाट बचाउँछ । 

लसुनमा व्याक्टेरिया प्रतिरोधी क्षमता तथा पीडा नाशक गुण हुन्छ । त्यसैले लसुनको केस्रा चपाउँदा दाँत दुखाइ कम हुन्छ ।

नियमित लसुन सेवन गर्नाले श्वाशप्रश्वास प्रणाली स्वस्थ रहन्छ । दम, निमोनिया,रुघाखोकी, ब्रोङ्काइटिस, फोक्सोमा पानीलगायत समस्याबाट छुटकारा मिल्छ ।

प्रतिक्रिया दिनुहोस्