तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । सुनको मूल्य आज एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको छ । सोमबारको तुलनामा हिजो ३ सय रुपैयाँले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । गएको आइतबार पनि सुनको मूल्य एकै दिन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको थियो । आइतबार सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी हिजो र अस्ती तोलामा १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भएको थियो । आज तोलामा ३० रुपैयाँले बढेर १हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार चाँदी तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्