कुमारी बैंक र दराजबीच सम्झौता



काठमाडौं । कुमारी बैंक र दराजबीच सम्झौता भएको छ । २ वटा कम्पनीबीच छुट दिने सम्झौता भएको कुमारी बैंकले जनाएको छ ।

यसमा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम् १५ प्रतिशत वा २ हजार ५०० रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम् २० प्रतिशत वा ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकका १९९ वटा शाखा, १९५ वटा एटीएम, ५३ वटा शाखारहित बैंकिङ् र २४ वटा एक्सटेन्सन काउन्टर छन् ।

प्रतिक्रिया दिनुहोस्