नेप्सेको पुरानो वेबसाइट बन्द हुने



काठमाडौं । नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ। हाल सञ्चालनमा रहेको वेबसाइट बन्द हुने नेप्सेले जनाएको छ।

नेप्सेले सूचना जारी गर्दै हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिँदै आएको नयाँ वेबसाइट आइतबार कात्तिक २७ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने जानकारी गराए। नेप्सेले पुरानो साइटमा अब कुनै पनि तथ्यांक अद्यावधिक नहुने सूचनामा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्