सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढ्यो



काठमाडौं । सुनको मूल्य आज (आइतबार) पनि बढेको छ । तोलामा ६ सय रुपैयाँले बढेर सुन ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ । पछिल्लो समय सुनको मूल्य लगातार बढिरहेको छ ।

मूल्य अझै बढ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको पनि आज मूल्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्