हिताची माईक्रोवेभ ओभन ४ भेरियन्ट सहित नेपाली बजारमा उपलब्ध



काठमाडौँ । युनिभर्सल इलेक्ट्रोकम प्रा.लिमिटेडले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ । ४ भेरियन्टका साथ उपलब्ध माइक्रोवेभ ओभनका नयाँ श्रृङ्खलाहरुमा २३ लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. मेकानिकल माइक्रोवेभ ओभन र डिसेम्बर २०२२ सम्ममा चौथो भेरियन्ट ३२ लि. कन्भेक्सन माइक्रोवेभ ओभन नेपाली बजारमा ल्याइएको छ ।

हिताचीको उच्च श्रेणीको माइक्रोवेभ ओभनहरूले उपभोक्ताहरूलाई स्वस्थ जीवनको फाइदाहरू र सहजै फ्याट, नुन र क्यालोरी घटाउने नवोत्पाद सुविधा प्रदान गर्दछ । साथै, हिताचीले यी माइक्रो ओभनमा १ वर्षको पूर्ण वारेन्टी र म्याग्नेट्रोनमा ५ वर्षको वारेन्टी प्रदान गर्दछ ।

“परिवर्तित जीवनशैलीसँगै, माइक्रोवेभमा परम्परागत खाना पकाउने एक उपयुक्त वैकल्पिक समाधान भएको छ । ग्राहकहरुको बढ्दो मागलाई हेरेर हामीले माइक्रोवेभ ओभनको चार भेरियन्ट एकै पटक ल्याउने योजना बनाएका हौं । हिताचीले सहज जीवनयापनमा विश्वास गर्छ । हिताचीका यी मौलिक माइक्रोवेभ ओभनले उपभोक्ताहरूलाई समय बचत गर्न र उनीहरूको जीवनलाई सजिलो बनाउँदै बिजुलीको खपत घटाउन मद्दत गर्नेछ” कार्यकारी निर्देशक सञ्जय अग्रवालले भने ।

प्रतिक्रिया दिनुहोस्