प्रदेश राजधानी दाङबाट अन्त सर्दैन : शंकर पोखरेल



दाङ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेले लुम्बिनी प्रदेशको राजधानी दाङबाट अन्त नसर्ने बताएका छन् । केही दिनअघि एक टेलिभिजन कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेशको राजधानी दाङबाट बुटवल नै ल्याउने बताएका थिए ।

दाङमा आज आइतबार भएको एक कार्यक्रममा पौडेलको जवाफ दिँदै महासचिव पोखरेलले संविधानले राजधानी दुई पटक सार्ने विषय उल्लेख नगरेकाले दाङबाट राजधानी अन्त नसर्ने बताएका हुन् ।

पोखरेलले भने ‘हामी दङ्गालीले दाङमा प्रदेश राजधानी ल्याउन माग गर्‍यौँ, आन्दोलन पनि गर्‍यौँ । कांग्रेस र माओवादीको सरकार भएको बेला उनीहरूले बुटवल तोकेका थिए, म मुख्यमन्त्री भएपछि दाङमा सारेका छौँ । अब कसले के बोल्छ भन्ने चिन्ता नलिनुहोस् । राजधानी दाङमा तोक्ने काम भइसक्यो । कार्यालयहरू सार्ने काममा ढिला भएको हो, अब सार्ने काम पनि चाँडै सकिन्छ’ ।

महासचिव पोखरेलले कहाँ कसले के बोल्छ भन्ने विषयमा सरोकार नराख्न भन्दै दाङमा कायम भएको राजधानीलाई व्यवस्थित सहर बनाउने योजना भएको पार्टीलाई मतदान गरेर विजयी बनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्