सानिमाको भिसा डिरेक्ट सेवा



काठमाडौं । सानिमा बैंकले ‘सानिमा भिसा डिरेक्ट’ सेवा ल्याएको छ । सेवा मार्फत ग्राहकले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिने बैंकको दाबी छ ।

यो सेवा नवीन प्रविधि भएकाले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त वैकल्पिक माध्यम रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्ले छ । सानिमा बंैकको देशभर १३० वटा शाखा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्