रविको प्रश्न : नागरिकताबारे कति पटक स्पष्टीकरण दिनु पर्ने हो ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानले आफ्नो नागरिकता सम्बन्धी विवाद ४ वर्षअघि नै समाधान भइसकेको दाबी गरेका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उठेका लामिछानेमाथि रद्ध भइसकेको पुरानो नागरिकताका आधारमा उम्मेदवार भएको भन्दै उजुरी परेको छ ।

उजुरीकर्ताले उनको उम्मेदवारी खारेज गर्न माग गरेका छन् । आफूमाथि परेको उजुरीबारे स्पष्ट पार्न भन्दै सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडियोमा उनले आफूले कागजी प्रक्रिया पूरा गरेर अमेरिकाको पासपोर्ट त्यागेको बताएका छन् ।

उनले फेसबुकम लेखेका छन्, ‘एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकिलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेश र फैसलामा, अनि उच्च अदालत हेटौडाको आदेशमा, अनि चितवन जिल्ला सरकारी वकिल कार्यालयदेखि महान्यायधिवक्ताको कार्यालयसम्म नागरिकताको बिषय समेतमा विवेचना भई सेटल भइसके पछि फेरि कति पटक स्पष्टीकरण दिनु पर्ने हो ? ’

 

प्रतिक्रिया दिनुहोस्