सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो



काठमाडौं । आज (बुधबार) सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेको हो।

छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ९०० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेको थियो। सोही दिन छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रूपैयाँ कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य तोलामा ३० रूपैयाँले घटेर १ हजार २९५ रूपैयाँ कायम भएको छ। मंगलबार तोलामा ३० रूपैयाँले बढेर १ हजार ३२५ रूपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्