झाडापखालाबाट मुस्लिम बस्ती झनै ग्रसित बन्दै



बर्दिवास : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन । असोज महिनाको शुरु देखि नै सो बस्तीमा फैलिएको पखाला एक साता भइसक्दासम्म अझै नियन्त्रण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । 

पखाला शुरु भएसँगै पहिलो दिन नै चार वर्षीया बालिका खुश्बु खातुनको मृत्यु भएको थियो । लगत्तै बस्तीमै दक्ष चिकित्सक सहितको स्वास्थ्य टोलीले सघन उपचार थाले पनि अझै नियन्त्रण हुन नसकेको जलेश्वर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा राजीव झाले जानकारी दिए ।

नैन्हीको स्वास्थ्य चौकी र त्यहीँकै मदर्सासहित दुई ठाउँमा शिविर नै राखेर सघन उपचार शुरु गरिएको कार्यालयले जनाएको छ । दुवै ठाउँ गरी २१० जना पखलाबाट प्रभावित भएका स्वास्थ्य टोलीमा खटिनुभएका जिल्ला स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताए । “घरघरै बिरामी छन्, हामीले अहिले पनि ५० जनालाई शिविरस्थलमै स्लाइन उपचार जारी राखेका छौँ,” स्वास्थ्य निरीक्षक ठाकुरले भने, “शिविरमा बिरामीलाई उपचारको ठाउँ अपुग भएपछि जिल्ला अस्पताल जलेश्वरमा थप उपचारका लागि पठाएका छौँ ।” 

करीब ३०० घरधुरीको मुस्लिम बस्तीमा ससाना नानी र किशोर उमेरका बढी प्रभावित पाइएका छन् । गर्भवती र सुत्केरी महिला पनि प्रभावित पाइएका स्वास्थ्य निरीक्षक ठाकुरले बताए ।

 

बस्तीमा घर वरपरको सरसफाइ र खानपानमा सचेतता नअपनाइँदा समस्या नियन्त्रणमा आउन ढिलाइ भएको चिकित्सक र स्वास्थ्यकर्मीको भनाइ छ । घना बस्ती भएको र सरसफाइ तथा खानपानबारे बेखबर रहने बानीले पखालाले प्रकोपकै रुप लिएको र चाँडो नियन्त्रण हुन नसकेको चिकित्सक र स्वास्थ्यकर्मी बताउँछन् । 

 

धानखेतबाट मारेर ल्याइएको ससाना भूरा माछा खाँदा पखाला शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । पछिल्लो पटक केन्द्रको स्वास्थ्य सेवा विभागबाट आएको टोलीले बस्तीमा खाने गरिएको पानी र बिरामीको दिसा सङ्कलन गरेर लगेको नमूनाको रिपोर्ट आएपछि पखाला फैलिनुको खास कारण पत्ता लाग्ने स्वास्थ्य निरीक्षक ठाकुरले बताए ।

 

पखाला प्रभावित मुस्लिम बस्तीलाई निगरानीमा राखिए पनि यसको प्रभाव सोही वडाको अर्को बस्तीमा देखिन थालेको छ । पखाला महामारी फैलिएपछि जलेश्वर नगरपालिकाको नैन्ही बस्तीमा त्रास छाएको छ । त्यहाँका बासिन्दाले चिकित्सक र स्वास्थ्यकर्मीको थप टोली अत्यावश्यक ओषधिसहित केन्द्रबाट तत्काल थप्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा

स्याङ्जा : स्याङ्जाको दुई ठाउँमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

काठमाडौं : नेपाल–चीनबीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तरम्भ ५८ वर्षपछि फेला परेको छ । ५८

वीरगञ्ज : डा. गोविन्द केसीमाथि अभद्र व्यवहार गरेको भन्दै वीरगञ्जका चिकित्सकहरुले विरोध गरेका छन् ।

सप्तरी : कोरोना संक्रमणबाट सप्तरीमा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन

स्याङ्जा : लगातारको वर्षासँगै गएको पहिरोमा परि स्याङ्जामा २ जनाको मृत्यु भएको छ भने ८

चितवन : लगातारको वर्षाको कारण नारायणी नदीमा बाढी आएको छ भने चितवनको जनजीवन प्रभावित भएको

बुटवल : कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना