सोलुखुम्बुमा चुनाव गराउन खटिएका मतदान अधिकृत मृत भेटिए



सोलुखुम्बु । सोलुखुम्बुमा मतदान गराउन खटिएका एक कर्मचारी मृत फेला परेका छन् । नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउँमा मृत फेला परेको प्रहरीले जनाएको छ।

शनिबार बिहान उनलाई साथीहरुले उठाउन जाँदा मृत अवस्थामा भेटिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल जङ्ग शाहले बताए । अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थल पुगिसकेको उनले बताए ।

सर्लाही हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए । उनले लामो समयदेखि सुगर र मुटुको औषधी प्रयोग गर्ने गरेको जानकारी डीएसपी शाहले बताए।

प्रतिक्रिया दिनुहोस्