हराएको ३ दिनपछि ५ वर्षीय बालक मृत फेला



काठमाडौं: हराएको तीन दिनपछि काभ्रेका ५ वर्षीय एक बालक मृत फेला परेका छन्। काभ्रे महाभारत गाउँपालिका–२ मूलडाँडा बस्ने लावन घिसिङका ५ वर्षीय छोरा विजय घरबाट हराएको तीन दिनपछि मृत फेला परेका हुन्। 

 

उनी गत कात्तिक २५ गते घरबाट हराएका थिए। उनको शव बुधबार दिउँसो घरबाट २ किलोमिटर टाढा फेला परेको प्रहरीले जनाएको छ। उनको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्