सर्लाहीमा निर्वाचनको सम्पूर्ण तयारी पुरा



सर्लाही । सर्लाहीमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ। जिल्लाका सबै मतदान केन्द्रहरूमा निर्वाचन सामाग्री र टोली खटाइ सकिएको मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले बताए । जिल्लामा ३ सय १२ वटा मतदान स्थल रहेका छन् । भने ६ सय वटा ६ सय वटा मतदान केन्द्र रहेका मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताए।

जिल्लामा सुरक्षाका हिसाबले कुनै कमी हुन नदिन आवश्यक प्रबन्ध मिलाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए। निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई हेरेर जिल्ला भर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ गौतमले बताए।

मतदान स्थल र केन्द्र लगायत आवश्यक सुरक्षाका लागि पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिने गरी व्यवस्थापन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गौतमले जिल्लामा राम्रो शान्ति सुरक्षाको व्यवस्था गरिएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे । ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका गरि २० वटा स्थानीय निकाय रहेको सर्लाहीमा २ सय वटा वडाहरु रहेका छन् ।

सर्लाहीमा ४ प्रतिनिधिसभा सदस्य र ८ प्रदेशसभा सदस्यका लागि २ सय २ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यका लागि सर्लाही १ मा ७ जना विभिन्न पार्टीबाट र १२ जना स्वतन्त्रबाट गरी १९ जना ,सर्लाही २ मा ९ जना विभिन्न पार्टीबाट र  ८ जना स्वतन्त्रबाट गरि १७ जना,सर्लाही ३ मा ७ जना विभिन्न पार्टीबाट र ६ जना स्वतन्त्रबाट गरि १३ जना उम्मेदवारहरूलाई मंसिर ४ गते मतदान हुँदैछ ।

त्यसैगरी सर्लाही ४ मा ११ जना विभिन्न पार्टीबाट र ९ जना स्वतन्त्रबाट गरि १७ जना उम्मेदवार रहेका छन् । ४ लाख ७९ हजार ३८ जना मतदाताहरूले मंसिर ४ गते मतदान गरि ४ प्रतिनिधि सभा सदस्य र ८ प्रदेश सभा सदस्यहरूलाई प्रत्यक्ष तर्फ मतदान गर्दैछन् ।

जिल्लामा निर्वाचन गराउँन मतदान केन्द्रमा ४ हजार ८ सय २० कर्मचारी खटाइएको छ । जिल्लाका ६ सय वटा स्थायी मतदान केन्द्र तथा ३ वटा अस्थायी मतदान केन्द्र गरी जम्मा ६०३ मतदान केन्द्रमा ११ जना जगेडा कर्मचारीसहित ४ हजार ८ सय २० जना कर्मचारी खटिने मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको  छ।

जगेडा कर्मचारीहरूमा ११ जना मतदान अधिकृत रहेका छन् । ४ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र ८ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको सर्लाहीमा ६ सय १४ मतदान अधिकृत, ६ सय सहायक मतदान अधिकृत, ३ हजार ३ सहायक कर्मचारी र ६ सय ३ सहयोगी कर्मचारी मतदान गराउन खटाइएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्