वीरगञ्जमा मतगणना शुरु, वडा न.१६ को मत पेटिका खुल्यो



वीरगञ्ज । पर्साको क्षेत्र नम्बर १ को मतगणना शुरु भएको छ । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा क्षेत्र नम्बर १ को मत गणना शुरु भएको हो । सर्वदलीय बैठक सम्पन्न भएसँगै वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बाट मत गणना शुरु गरिएको हो ।

जुन वडामा क्षेत्र नम्बर १ कै सबैभन्दा धेरै मत खसेको छ । त्याहाँ ५ हजार १ सय ९४ मत खसेको प्रमुख निर्वाचन अधिकृत बिनोद प्रसाद पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्