मकवानपुरमा मतगणना सुरु



मकवानपुर । मकवानपुरमा मतगणना सुरु भएको छ। हेटौंडा-२ स्थित सिद्धार्थ माविमा जिल्लाको दुई प्रतिनिधिसभा, ४ प्रदेशसभा तथा समानुपातिक मत एकै पटक गणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

आइतबार सम्पन्न आमनिर्वाचनमा जिल्लामा ५९ प्रतिशत अर्थात १ लाख ७८ हजार २८२ मतदान गरेका थिए।

जिल्लाको क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिंह उम्मेदवार रहेका छन् भने क्षेत्र नम्बर २ मा नेकपा एसका स्थायी कमिटी सदस्य विरोध खतिवडा, नेकपा एमाले बागमती प्रदेश उपसचिव महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका भरत पराजुली उम्मेदवार रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्