सप्तरी-२ मा सिके राउत दोब्बर मतले अगाडि, उपेन्द्र यादव दोस्रो स्थानमा



सप्तरी । सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त (सिके) राउतले अग्रता बनाएका छन् । राउतले १०२० मत पाउँदा एमालेको समर्थन रहेका जसपाका उम्मेदवार उपेन्द्र यादवले ४ सय ५२ मत पाएका छन् ।

राउतसँग दोब्बर मतले अगाडि परेका यादव पछिल्लो मत परिणामअनुसार दोस्रो स्थानमा उक्लिएका छन् । उनले सत्ता गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुरलाई पछि पारेका हुन् । ठाकुरले ३०८ मत पाएका छन् भने राप्रपाका उम्मेदवार कैला मंसुरीले ९ मत पाए ।

प्रतिक्रिया दिनुहोस्