काठमाडौं ३ मा एमालेको अग्रता, पछ्याउँदै कांग्रेस



काठमाडौं । काठमाडौं-३ मा नेकपा एमालेले अग्रता लिएको छ । सोमबार दिउँसोसम्म ३ हजार ४२४ मत गणना हुँदा नेकपा एमालेका कृष्ण राईले १ हजार ७५ मतसहित अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका सन्तोष चालिसेले १ हजार ५८, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ६४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरीले २५२ मत पाएका छन् । यो निर्वाचन क्षेत्रबाट यसअघि एमालेका कृष्ण राई निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्