विगतको समीक्षा गर्ने ओलीको प्रस्तावमा प्रचण्ड मौन, गठबन्धनलाई बलियाे बनाउने देउवासँग कुराकानी



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई देउवा र ओलीको बेग्ला बेग्लै समयमा फोन गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

‘केपी कमरेडले सिएमलाई दिउँसो फोन गर्नुभयो । एक आपसमा बधाई साटासाट भयो । केपी कमरेडले विगतमा जे जस्तो भएपनि अब समीक्षा गरेर मिलेर जान प्रस्ताव गर्नुभयो’ प्रचण्डको सचिवालय स्रोतले भन्यो– ‘सिएमले गठबन्धनको नतिजा सबै आइसकेको छैन। त्यसपछि मात्रै कुरा गरौंला भन्नुभयो। अरु केपी कमरेडले मिलेर जान राखेको प्रस्तावका विषयमा सिएमले कुनै जवाफ दिनुभएन।’

यस्तै प्रधानमन्त्री देउवा र प्रचण्डवीच समेत बधाई साटासाट भएको प्रचण्डको सचिवालयले जनाएको छ। चुनावको सबै नतिजा आएपछि गठबन्धनलाई अझ बलियो बनाएर लग्ने विषयमा प्रचण्ड र देउवाबीच कुराकानी भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्