सर्लाही-४ बाट अमरेशकुमार सिंह निर्वाचित



काठमाडौँ । सर्लाही क्षेत्र नम्बर-४ बाट नेपाली कांग्रेसबाट कारबाहीमा परेका अमरेशकुमार सिंह निर्वाचित भएका छन्। माछा चुनाव चिन्ह लिएर निर्वाचन लडेका सिंहले कांग्रेका आधिकारिक उम्मेदवार नागेन्द्र कुमाललाई झिनो मत अन्तरले पराजित गरेका हुन्।

सिंह १७ हजार ७६८ मत ल्याएर विजयी भएका छन् भने कुमाल १६ हजार २२८ मत ल्याएर पराजित भएका छन्। गत वैशाखमा भएको स्थानीय तह चुनावमा अन्तर्घात गरेको भन्दै सिंहलाई कांग्रेसले कारबाही गरेको थियो।

पार्टीबाट कारबाहीमा परेपछि सिंहले माछा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थिए। अन्तमा कांग्रेसका आधिकारिक उम्मेदवार कुमाललाई हराएर सिंहले जितेका छन्।

प्रतिक्रिया दिनुहोस्