टोफिचो तड्का लिच्ची बजारमा



काठमाडौं । अग्रणी व्यावसायिक संस्था सूर्य नेपालले आफ्नो कन्फेक्सनरी ब्रान्ड टोफिचोअन्तर्गत नयाँ तड्का लिची ‘टेस्टको नयाँ ट्वीस्ट’को नारासहित सार्वजनिक गरेको छ । तड्का लिचीमा लिचीको मिठो स्वादको साथै चाट मसलाको उत्कृष्ट सम्मिश्रण छ ।

टोफिचो तड्का लिचीको बिक्री मूल्य प्रतिगोटा २ रुपैयाँ ५० पैसा कायम गरिएको छ । यसको नौलो स्वादले ग्राहकहरूको मन जित्न सफल हुने कम्पनीको दाबी छ । टोफिचो तड्का आँप र पाइनएप्पलको स्वादमा उपलब्ध हुँदै आएको छ । लिचीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ । टोफिचो तड्का लिची नेपालभरिका खुद्रा पसलहरूमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्