गुल्मी-१ मा प्रदीप ज्ञवालीलाई हराउँदै कांग्रेस नेता भण्डारी विजयी



काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ मा कांग्रेस नेता चन्द्र भण्डारी विजयी भएका छन्। उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी-१ मा जित हात पारेका हुन्।

शुक्रबार सम्पन्न मतपरिणामअनुसार भण्डारीले ३२ हजार २ सय २७ मत ल्याएका छन्। त्यस्तै ज्ञवालीले ३० हजार ९ सय ३५ मत ल्याएका छन्। निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ।

यसअघि २०७४ सालको निर्वाचनमा गुल्मी-१ मा भण्डारी ज्ञवालीसँगै झन्डै ७ हजार मतले पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्