प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत ?



काठमाडौं । मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ ।

निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणअनुसार एमालेले ११ लाख २१ हजार दुई सय २१ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १० लाख ६३ हजार नौ सय ५७ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या पाँच लाख ३१ हजार ५ सय २० रहेको छ ।

नेकपा (माओवादी केन्द्र) को ४ लाख ८६ हजार ९१, राष्ट्रिय प्रजातन्त्र पार्टीको २ लाख ८० हजार १ सय ५, जनता समाजवादी पार्टी नेपालको १ लाख ३१ हजार ८ सय १०, नेकपा (एकीकृत समाजवादी) को ८० हजार ३ सय दुई, जनमत पार्टीको ८० हजार २ सय ३२, नागरिक उन्मुक्ति पार्टीको ७९ हजार ७ सय ५२, नेपाल मजदुर किसान पार्टीको ५७ हजार ७ सय ७०, लोकतान्त्रिक समाजवादी नेपालको ५६ हजार दुई सय २१, हाम्रो नेपाली पार्टीको ३३ हजार ३ सय १९ मत, राष्ट्रिय जनमोर्चाको ३० हजार ६२ मत रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्