चुनावको परिणामपछि पनि गठबन्धनकै सरकार बन्छ : गृहमन्त्री खाण



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चुनावको परिणामपछि पनि गठबन्धनकै सरकार बन्ने बताएका छन् । आइतबार बिहान रुपन्देहीको भैरहवामा भएको पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आबद्ध दलहरुबीच पाँच वर्षसम्म व्यवस्थालाई मझबुत बनाउँदै नागरिकको अवस्था सुधार्ने सहमति भएकाले सोही अनुरुप अघि बढ्ने बताए ।

प्रधानमन्त्री को बन्ने भन्ने विषयमा भने पाँच दलका शीर्ष नेता बसेर टुंग्याउने उनले बताएका छन् । रुपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका खाणले आफूले निर्वाचनको नतिजालई सहज रुपमा लिएको बताए । खाण राप्रपा नेता दीपक बोहरासँग पराजित भएका छन्।

भट्टराई प्रधानमन्त्री हुँदा पनि निर्वाचनमा पराजित भएर नतिजा स्वीकार गरेका थिए । आफू गृहमन्त्री भएको बेलामा भएको निर्वाचनमा आफैं उम्मेदवार हुँदा जनताले दिएको अभिमतलाई सहजतापूर्वक स्वीकार गर्नु गृहमन्त्रीको पहिलो दायित्व भएको र त्यो दायित्व आफूले सहजतापूर्वक पूरा गरेको खाणले बताए।

प्रतिक्रिया दिनुहोस्