सुनसरी १ मा मतान्तर बढाउँदै अशोक राई, पछ्याउँदै घण्टी



सुनसरी । सुनसरी १ मा जसपा नेपालका अशोक राईले अग्रता बढाएका छन्। ६७ हजार १२३ मत गणना हुँदा जसपाका अशोक राई ११८ मतले अगाडि छन्। जसपाका राईले १४ हजार १०५ मत पाएका छन्।

उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १३ हजार ९८७ मत पाएका छन्। यसैगरी, नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले १० हजार ९९० र स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्बोले ६ हजार ९२९ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्