पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि भएकाे भन्दै नेविसंघद्वारा जक्काजाम



काठमाडौं : सार्वजनिक यातायातका साधनमा भएको भाडा वृद्धिको विरोधमा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले चक्काजाम गरेको छ ।

 

सोमबार बिहान ९ देखि १० बजेसम्म देशभरका क्याम्पस अगाडी नेविसंघले एक घण्टा चक्का जाम गरेको हो । नेविसंघले गरेको चक्काजामका कारण राजधानीलगायत विभिन्न स्थानमा यातायात प्रभावित भयो ।

 

यसअघि यातायात व्यवसायीले इन्धनको मूल्य बढेको भन्दै भाडा वृद्धि नगरे दशैंका लागि अग्रीम टिकट बिक्री खुल्ला नगर्ने अडान लिएपछि सरकारले आइतबार सवारी साधनको भाडादर वृद्धि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्