प्रतिजैविक सहनशीलता प्रदूषण र जलवायु परिवर्तन



  • डा. केदार कार्की

काठमाडौं । एन्टिबायोटिक रेसिस्टेन्स अर्थात् रोगाणुरोधी प्रतिरोधको समस्या वैश्विक स्तरमा तेजसाथ आफ्नो पाइला सार्दो छ। यसलाई अब अरू नजरअन्दाज गर्नु हानिकारक हुन सक्छ समग्र जनस्वास्थ्यका लागि।

यसमा कुनै शङ्का छैन कि दशकौँदेखि यी रोगाणुरोधी औषधिहरूले मानिसहरू, पशुपक्षीहरू एवं बालीनालीहरूका सङ्क्रामक रोगहरूलाई सीमित गर्न मानवीय जीवनहरू बचाउन एवं उत्पादकता बढाउनमा महत्वपूर्ण योगदान गरेका थिए। तर, तिनको प्रभाव भने अब खतरामा परेको छ।

जसैजसै रोगाणुहरू विकसित हुँदै छन्, ती यी औषधिहरूप्रति प्रतिरोधी बन्दै गइरहेका छन्, यसका कारण रोगाणुरोधी उपचार कम प्रभावी हुँदै गइरहेका छन्।

कति गम्भीर भइसक्यो यो समस्या ?

यसबारे हालैमा संयुक्त राष्ट्रसङ्घीय पर्यावरण कार्यक्रमद्वारा जारी प्रतिवेदनबाट थाहा भएको छ कि सन् २०१९ मा यसका कारण करिब १३ लाख मानिसहरूको ज्यान गएको थियो, जुन सन् २०५० मा बढेर १ करोडभन्दा बढी हुनेछ। यसको मतलब सन् २०५० मा प्रतिजैविक प्रतिरोध सहनशीलताले त्यति मानिसहरूको ज्यान लिनेछ, जति सन् २०२० मा क्यान्सरले गर्दा पनि भएको थिएन ।

तथ्याङ्कलाई हेर्ने होे भने सन् २०१९ मा कतै न कतै करिब ५० लाख मानिसहरूको मृत्युका लागि यससँग जोडिएको सङ्क्रमण जिम्मेवार थियो । यसले वैश्विक अर्थ व्यवस्थालाई पनि कमजोर पार्दै छ। अनुमान गरिन्छ कि सन् २०५० मा वैश्विक स्तरमा रोगाणुरोधी प्रतिरोध ३ दशमलव ८ प्रतिशत सकल घरेलु उत्पादकको क्षतिको कारण बन्नेछ।

प्रतिवेदनअनुसार थाहा हुन्छ कि सन् २०३० सम्म यसका कारण प्रतिवर्ष सकल घरेलु उत्पादनलाई करिब २५७ दशमलव ६ लाख करोड रूपैयाँ नोक्सान हुनेछ। साथै, यसका कारण अरू २ दशमलव ४ करोड मानिसहरू गरिबीको खाडलमा जान विवश हुनेछन्।

यसरी पर्यावरणमा फैलिँदै छ रोगाणुरोधी प्रतिरोध

जब यी एन्टिबायोटिक्सलाई यतिकै पर्यावरणमा छाडिदिँदा ती अन्य कारकहरूसँग मिलेर प्राकृतिक सूक्ष्म जीवहरूलाई प्रभावित गर्छन्। यीमध्येका सूक्ष्म जीव वा जीवाणु धेरै रोगहरूका लागि जिम्मेवार हुन्छन्।

समयका साथै यी सूक्ष्म जीवाणुले यी एन्टिबायोटिकप्रति रोगाणुरोधी प्रतिरोध विकसित गर्छन्, जसले यिनलाई अझ बढी सक्षम बनाउँछ। धेरै अवस्थाहरूमा बढ्दो प्रदूषणले पनि पर्यावरणमा रोगाणुरोधी प्रतिरोधको विकासमा योगदान दिँदै छ किनकि त्यसमा केही छानिएका एन्टिबायोटिक्स प्रोत्साहित हुन्छन्।

अनुमान गरिन्छ कि प्रतिवर्ष झाडा पखालाका करोडौँ बिरामीहरूलाई एन्टिबायोटिक औषधि प्रयोग गरी उपचार गरिन्छ, जसमध्ये ६० प्रतिशतलाई सफा पानी एवं सामुदायिक स्वच्छताले रोक्न सकिन्थ्यो। यस्तोमा यी औषधिहरूको उपयोग रोगाणुरोधी प्रतिरोधलाई प्रोत्साहित गर्दो छ।

समस्या त्यतिबेला बढी गम्भीर भएर जान्छ, जब मानिसहरू खुलामा शौच गर्छन् या फेरि त्यससँग जोडिएको जललाई ठिकसँग व्यवस्थापन गरिदिन एवं त्यसलाई पर्यावरणमा त्यतिकै छाडिन्छ, जसमा एन्टिबायोटिक औषधिहरूको पनि अंश हुन्छ। यसैगरी फार्मास्युटिकल उद्योग स्वास्थ्य केन्द्रहरूबाट निस्कने फोहोर एवं ढलले पनि यसको प्रसारलाई प्रोत्साहित गर्छ।

कृषि एवं पशुपालन क्षेत्रमा अनियन्त्रित तरिकाले प्रयोग भइरहेका एन्टिबायोटिक एवं किटनाशक औषधिहरू पनि ठूलो जोखिम मानिन्छन् । त्यही अनुमानका अनुसार वैश्विक स्तरमा करिब ११ प्रतिशत कृषि भूमिको सिँचाइका लागि दूषित जलको उपयोग भइरहेको छ, जसलाई राम्रोसँग प्रसोधन गरिँदैन।

वैश्विक स्तरमा रोगाणुरोधी प्रतिरोधलाई लिएर प्रायः ध्यान कृषि पशुपालन एव जनस्वास्थ्यमा दिइएको पाइन्छ, जसमा कतै न कतै पर्यावरणलाई नजरअन्दाज गरिन्छ। तर, यो साँचो हो कि पर्यावरणमा बढ्दो रोगाणुरोधी पनि मानिस पशुपक्षी एवं बोट–बिरुवाहरूको विकास, प्रसार एव फस्टाउनका लागि जिम्मेवार छ।

परिणाम स्वरूप यसबाट छुटकारा पाउनका लागि अझ बढी एन्टिबायोटिकहरूको उपयोग गरिन्छ । यही कारण हो कि समस्या अझ गम्भीर रूप लिँदै छ ।

सयुक्त राष्ट्रसङ्घीय पर्यावरण कार्यक्रमको प्रतिवेदनअनुसार रोगाणुरोधी प्रतिरोधको बढ्दो जोखिमका लागि कतै न कतै जलवायुमा हुने परिवर्तन पनि जिम्मेवार छ। बढ्दो तापमान बढ्दो रोगाणुरोधी प्रतिरोधसँग पनि जोडिएको छ। धेरै रोगहरू जलवायुका प्रति सम्वेदनशील हुन्छन्।

पछिल्लो अध्ययन अनुसन्धानबाट पनि थाहा भएको छ कि पर्यावरणीय परिस्थितिहरू एवं तापमानमा आउने परिवर्तनले मानिसहरू पशुपक्षी एवं बोट–बिरुवाहरूमा धेरै जीवाणु भाइरस, परजीवी ढुसी एवं सम्वाहक जनित रोगहरूको प्रसारमा वृद्धि गर्न सक्तछ।

यीमध्ये धेरै रोगहरूमा रोगाणुरोधी प्रतिरोध तेजले बढ्दो छ। साथै, जलवायु परिवर्तनले पर्यावरणमा पनि रोगाणुरोधी प्रतिरोध फैलाउनमा मद्दत गरिरहेको छ ।

जसरी जलवायु परिवर्तनले गर्दा प्रतिकूल घटनाहरूमा वृद्धि हुँदै छन्, त्यसबाट बाढी आदिको जोखिम बढ्दो छ। यसका कारण ढल, फोहोर, ट्रिटमेन्ट प्लान्टको फोहोर पानी एवं ढल दूषित अवस्थामा नै पर्यावरणमा फैलिरहेको छ, जसमा धेरै किसिमका एन्टिबायोटिक्स हुन्छन्।

यसैगरी जलवायु परिवर्तनले गर्दा घट्दो उत्पादकतालाई पूरा गर्नका लागि कृषि एवं पशुपक्षी पालनमा पहिलेको दाँजोमा बढी नै एन्टिबायोटिक्सहरू प्रयोग गर्ने क्रम बढ्दो छ बिना कुनै औचित्य ।

कसरी उन्मुक्ति पाउने ?
सयुक्त राष्ट्रसङ्घीय पर्यावरण कार्यक्रमद्वारा जारी जरिएको प्रतिवेदनमा एक स्वास्थ्य अवधारणाअन्तर्गत पर्यावरणमा पनि ध्यान दिनुपर्ने भनिएको छ । यसका अनुसार रोगाणुरोधी प्रतिरोधको यस बढ्दो बोझलाई कम गर्न सकिन्छ। समाधान विद्यमान छ, मात्र यसका लागि वैश्विक स्तरमा प्रतिबद्धता आवश्यक छ।

प्रतिवेदनमा यसका लागी ४ वटा कुराहरूमा ध्यान दिनुपर्ने भनिएको छ। यसमा पर्यावरणसम्बन्धी योजनाहरू एवं नियमहरूलाई बलियो गुर्नपर्ने हुन्छ। रोगाणुरोधी प्रतिरोधसँग जुध्नका लागि राष्ट्रिय स्तरमा कार्ययोजनाहरू विकसित गर्नुपर्नेछ।

यसअन्तर्गत एन्टिबायोटिक्सको निर्माण, जल स्वच्छता, कृषि पशुपक्षीजन्य फोहोरमैला व्यवस्थापन एवं आधारभूत संरचनासम्बन्धी पर्यावरणीय नियमहरूमा ध्यान दिनुपर्नेछ। साथै, समुदायहरूलाई यसको विवेकपूर्ण प्रयोगदेखि लिएर उत्पादकहरूको पनि जिम्मेवारी तोकिनुपर्नेछ।

दोस्रो महत्वपूर्ण विन्दु यो छ कि ती प्रदूषकहरूलाई पहिचान गरी लक्षित गर्नुपर्नेछ, जुन रोगाणुरोधी प्रतिरोधसँग जोडिएका छन्। फोहोर पानी उपचार एवं व्यवस्थापन जस्ता उपायहरू यसमा मद्दत हुन सक्छन्। साथै, कृषि एवं पशुपक्षी पालन क्षेत्रमा उपयोग हुने किटनाशकहरूमा पनि ध्यान दिनुपर्नेछ। यसका साथै रोगाणुरोधी प्रतिरोधलाई पर्यावरणमा फैलिनबाट रोक्नका लागि यिनको अनुगमन नियमन प्रणालीलाई सुदृढ गर्नुपर्ने हुन्छ ।

एउटा यस्तो सफा सुग्घर प्रणाली विकसित गर्नुपर्ने हुन्छ, जसबाट थाहा होस् कि यी एन्टिबायोटिक्स औषधिहरूको कति उत्पादन भयो, तिनको कति बिक्री भयो एवं कति औषधि मौज्दातमा बाँकी रह्यो। साथै, बेकार औषधिहरूलाई कसरी व्यवस्थापन बिसर्जन गर्ने हो।

यसमा पनि विचार गर्नुपर्ने हुन्छ । यसअन्तर्गत कृषि एव पशु पालन क्षेत्रमा प्रयोग हुने एन्टिबायोटिक्समा पनि निगरानी राखिनुपर्ने हुन्छ। साथै, बायो प्रोडक्ट्स, जस्तै : बायोफर्टिलाइजर, बायोप्लास्टिक्स, बायोसोलिड एवं प्लान्ट ग्रिथ प्रोमोटर्सको सुुरक्षाको जानकारी राख्नुपर्ने हुन्छ ।

अन्त्यमा, कृषि एवं पशुपक्षी पालनका क्षेत्रहरूमा दिइने अनुदान एवं वित्तीय सहायतामा यस कुराको विचार गर्नुपर्ने हुन्छ कि तिनले रोगाणुरोधी प्रभावलाई प्रोत्साहन नगरून्। यसका लागि सबै सरोकारवालाहरू यसप्रति सुसूचित हुनुका साथै जागरुक हुनुपर्नेछ।

नत्र, यो समस्या हाम्रा सामु महामारीका रूपमा रहिरहनेछ। कोभिड– १९ को सङ्क्रमणका बेला देखिएको ब्ल्याक, ह्वाइट भेलो फङ्गस त सङ्केत मात्र हुन् भन्दा हुन्छ।

प्रतिक्रिया दिनुहोस्