लुम्बिनीको स्थायी राजधानी दाङ सारिएकोमा ४ वटा पार्टीद्वारा स्वागत



दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङ देउखुरी सारिएकोमा सत्तारुढ ४ पार्टीले स्वागत गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै स्वागत गरेका हुन् ।

२०७७ साल असोज २० गते प्रदेशको राजधानी देउखुरी सार्ने निर्णय भएपनि ढिलागरी गत मंसिर १९ गते सारिएको हो । ढिलै भएपनि स्थायी राजधानी सार्ने कार्यान्वयन भएको सत्तारुढ दलका नेताहरुले स्वागतसहित धन्यवाद ज्ञापन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्