जिल्लाभर बिजुलीको कालोतार जडान गर्न सांसद चौलागाईंले थाले छलफल



काठमाडौँ । रामेछाप जिल्लाबाट नवनिर्वाचित बाग्मती प्रदेश सांसद युवराज चौलागाईंले रामेछापमा भएको विद्युतको समस्या समाधान गर्न पहल थालेका छन् । उनले आज (मंगलबार) जिल्ला विद्युत् प्राधिकरण रामेछापको प्रमुखसँग छलफल गरेर रामेछापमा भएको विद्युतको समस्या समाधान गर्न आग्रह समेत गरेका छन् ।

विद्युत प्राधिकरणका प्रमुख दिपेन्द्र बुढाथोकीसँग सांसद चौलागाईंले जिल्लामा मुख्यतय विद्युतको ३ वटा समस्याको विषयमा छलफल गरेर उक्त विषयलाई तत्काल कार्यान्वयन गर्न आग्रह समेत गरेका छन् ।

उनले प्रधिकरण प्रमुख बुढाथोकीसँग जिल्लामा रहेको विद्युतको नांगो तार विस्थापन र कालोतार जडान, सिंगल फेज ट्रान्सफर्मर परिवर्तन गरी थ्री फेज जडान र जिल्लामा रहेको २ वटा अस्पताल रामेछाप अस्पताल र मन्थली अस्पतालमा डेडिकेटेटलाइन जडान गर्न तत्काल काम थाल्न आग्रह गरेको छ ।

चौलागाईंले यी ३ विषयलाई प्राथमिकतामा राखेर तत्काल कार्यान्वयन गराउन सबैमा अनुरोध गर्दै आफ्नो तर्फबाट सम्पुर्ण रुपले लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्