पदाधिकारी बैठकमा प्रचण्डले भने : राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्छ



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक व्यक्ति नै नयाँ राष्ट्रपति बन्ने बताएका छन् । आज सोमबार बसेको पार्टी पदाधिकारी बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउँदै उनले संविधानप्रति प्रतिवद्ध राजनीतिक व्यक्तिलाई नै राष्ट्रपति बनाउने विषयमा सहमति भएको बताएका हुन ।

त्यस्तै उनले शक्ति बाँडफाँटबारे सत्तारुढ गठबन्धनमा व्यवस्थित रुपमा छलफल नभएको भन्दै प्रचण्डले अहिले नै त्यसको ठोस खाका बन्न नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्