काठमाडौं । नेपाली बजारमा मंगलबारको तुलनामा सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला १ लाख ७ सय रुपैयाँ पुगेको छ।
बुधबार चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।