एकैदिन १२ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार २ सयले ओरालो लागेको छ । हिजो प्रतितोला १ लाख १ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख ३ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय छ । यसको मूल्य अघिल्लो दिन मूल्य १ लाख १ हजार थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ ले घटेर प्रतितोला १ हजार ३ सय ९० कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ७ सय ९४ दशमलव आठ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्