सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार सुनको मूल्य बढेको जानकारी दिएको छ। महासंघले आजको कारोबार भाउ तोक्दै तोलामा २०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ कायम छ। गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँ थियो।

त्यसअघि, विहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १५ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १००० रुपैयाँ थियो । शुक्रबार एकै दिन १२ सय रुपैयाँले सुनको मूल्य घटेको थियो।

सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य भने स्थिर बसेको छ। आज चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम छ। गत साताको शुक्रबार पनि चाँदीको कारोबार मूल्य यही थियो।

प्रतिक्रिया दिनुहोस्